विद्यालाई टक्कर दिन मैदानमा आए कांग्रेसका लोकप्रिय नेता पौडेल
काठमाडौं । नेपाली कांग्रेसले मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा खेमराज पौडेललाई टिकट दिने निर्णय गरेको छ ।
छ दशक लामो राजनीतिमा होमिएका पौडेलको अहिलेसम्म उचित मूल्यांकन हुन सकेको थिएन । टिकट दिएर नेपाली कांग्रेसले पौडेलको सम्मान गरेको छ ।
पौडेल कास्कीमा नेपाली कांग्रेसका लोकप्रिय नेता हुन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई अधिकारीसँग पौडेलले प्रतिस्पर्धा गर्नेछन् ।
काठमाडौंको बुढानिलकण्ठमा बसेको नेपाली कांग्रेसका पदाधिकारीहरूको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
७४ वर्षीय पौडेल हाल गणेशमान सिंह प्रतिष्ठान कास्कीको संयोजकको जिम्मेवारीमा छन् ।
लामो समय पोखराको प्रौढ माध्यमिक विद्यालय (हालको नवप्रभात मावि) स्थापना गरी शिक्षण पेशामा अँगालेका उनले शिक्षण पेसाबाट अलग्एिपछि भने कास्की कांग्रेसको जिल्ला उपसभापतिको जिम्मेवारी समेत सम्हालेका थिए ।
नेपाली कांग्रेस विभाजन हुँदा उनी शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकका कास्की सभापति भएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया