राजपाले समाजवादी पार्टीसँग तालमेल गर्ने
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले उपनिर्वाचनमा समाजवादी पार्टीसंग तालमेलका लागि वार्ता गर्ने निर्णय गरेको छ ।
काठमाडौंको बबरमहरस्थित पार्टी मुख्यालयमा मंगलबार बसेको अध्यक्षमण्डलको बैठकले उम्मेदवारको चयन गर्नु अगाडि तालमेलका लागि वार्ता गर्ने निर्णय गरेको हो ।
बैठकपछि जारी विज्ञप्तिअनुसार राजपा नेपालले भनेको छ, ‘मंसिर १४ गते हुने विभिन्न तहको उपनिर्वाचनमा दिइने उम्मेदवारीको सम्बन्धमा निर्णय गर्नुपर्ने भएकोले उक्त निर्णय गर्नुभन्दा पूर्व समाजवादी पार्टीसंग अविलम्ब वार्ता गरी तालमेल गर्न पहल गर्ने निर्णय गरियो ।’
राजपा नेपालले प्रतिनिधि सभा क्षेत्रीय तदर्थ समितिलाई ७१ सदस्यीय बनाउने निर्णय गरेको छ ।
राजपा नेपालको तदर्थ समिति गठन निर्देशिका २०७६ को दफा ६ (ग) मा संशोधन गरी वाक्यको अन्त्यमा ‘प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय तदर्थ समिति बढीमा ७१ सदस्यीय हुनेछ’ भनि थप्ने निर्णय गरेको महासचिव केशव झाले जानकारी दिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया