नेकपाकी सचेतक चौधरीको सरकारी गाडी दुर्घटना

घोराही । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीको गाडी दाङमा दुर्घटना भएको छ ।

मंगलबार बिहान पौने १ बजे चौधरीको गाडी लमही नगरपालिकाको वडा नम्बर ६ कुलमोरस्थित घुम्तीमा दुर्घटना भएको हो ।

घोरहीबाट लमहीतर्फ जाँदै गरेको बा २ झ २८७१ नम्बरको स्कारपियो सरकारी गाडी अचानक सडकदेखि १ सय ६ फिट तल पल्टिनगई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

स्कारपियोमा चालक मात्र रहेकाले मानवीय क्षति नभएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ । गाडी घटना स्थलमानै रहेको छ ।

प्रतिनिधि सभा सदस्य एवम् नेकपाकी सचेतक चौधरीलाई घोराही उपमहानगरपालिका वडा नं. ४ डाडागाँउ, बसन्तपुरमा रहेको घरमा छोडेर फिर्ता हुने क्रममा दुर्घटना भएको थियो ।

Published : Tuesday, 2019 November 5, 9:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया