तराईमा कांग्रेसप्रति जनलहर बढ्दै, निधिले भित्र्याए थुप्रै कार्यकर्ता

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीयता र लोकतन्त्र नरुचाउनेहरूको हातमा सत्ता पुगेकाले संविधान र संघीयतामाथि खतरा रहेको बताएका छन् ।

धनुषा जिल्लाको मुखियापट्टी मुसहरनियामा सोमबार आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा निधिले कम्युनिस्ट सरकार संघीयता मास्नेतर्फ सक्रिय भएर लागेको बताए ।

‘पण्डितलाई मस्जिद र मौलानालाई मन्दिरमा राखिदिए दुबै ठाउँको व्यवस्था बिग्रिन्छ’, उनले भने, ‘अहिले नेपालमा त्यस्तै भएको छ ।’

उनले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका कारण संविधान र संघीयतामाथि खतरा आइपरेको बताए ।

नेपाली कांग्रेसका उपसभापति निधिले संघीय प्रणालीमाथि आक्रमण नगर्न कम्युनिस्ट सरकारलाई चेतावनी दिए ।

उनले आफ्ना रबैयामा सुधार नगरे कम्युनिष्ट सरकारविरुद्ध संघर्ष गर्नुपर्ने अवस्था आउन सक्ने बताए ।

शुभकामना अदानप्रदान कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरका नवप्रबेशीलाई उपसभापति निधिले पार्टीमा स्वागत गरेका छन् ।

शत्रुधन श्रेष्ठ र धनीराम दासको पहलमा राजेश पण्डित, अवधेश पण्डित, राजनारायण यादव, मो.अनवर हुसेनलगायतका व्यक्तिहरू कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरूलाई निधिले पार्टीमा स्वागत गरेका हुन् ।

Published : Tuesday, 2019 November 5, 9:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया