घोराही १६ मा कांग्रेसले दियो डाँगीलाई वडाध्यक्षको टिकट

घोराही । नेपाली कांग्रेसले दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ को उपानिर्वाचनका लागि वडाध्यक्षमा ताराबहादुर डाँगीलाई टिकट दिएको छ ।

कम्युनिस्टहरूको बर्चश्व रहेको यो वडामा डाँगीले जित्नका लागि मेहनत र प्रचार प्रसार गर्नुपर्नेछ ।

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर २ को पदाधिकारीको आइतबार घोराहीमा बसेको बैठकपछि जारी विज्ञप्तिअनुसार डाँगीलाई वडाध्यक्षको टिकट दिइएको छ ।

नेपाल तरुण दलका नेता समेत रहेका डाँगीले सर्वसम्मत रुपमा टिकट पाएको कांग्रेसले जनाएको छ ।

वडा नम्बर १६ मा यसअघि तत्कालीन एमालेले जितेको थियो । यस पटक नेपाली कांग्रेसले कम्युनिस्टहरूलाई हराउने गरी रणनीति बनाएको नेताहरूले बताएका छन् ।

Published : Sunday, 2019 November 3, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया