तरुणसँग खसी नपाएपछि तिघ्रा छेड्ने धम्की दिने डीएसपीविरुद्ध उजुरी दर्ता

नेपालगञ्ज । नेपाल तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्काले राष्ट्रिय मानवअधिकार आयोगको नेपालगञ्ज कार्यालयमा मानसिक यातानासम्बन्धी उजुरी दर्ता गराएका छन् ।

खड्काले आइतबार आयोगको कार्यालयमा पुगेर जीवन रक्षाको माग गर्दै उजुरी दर्ता गराएका हुन् ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका ईञ्चार्ज डीएसपी हेमबहादुर शाहीले दशैँमा खसी नपाएको झोँकमा तिघ्रा छेडिदिने भनेर धम्की दिनुका साथै छ जना तरुणलाई हतियार काण्ड लगाएर पक्राउ गरेपछि कोषाध्यक्ष खड्काले आइतबार आयोगमा उजुरी दिएका हुन् ।

आयोगले घटनाका सम्बन्धमा अनुसन्धान र छानविन गर्ने आश्वासन दिएको खड्काले बताए ।

नेपाल तरुण दल नेपालगञ्ज नगर समितिका अध्यक्ष सन्दीपजंग शाहसहित छ जनालाई डीएसपी शाहीले हतियार काण्डमा पक्राउ गरेपछि खसी काण्ड बाहिरिएको थियो ।

नेपाल तरुण दलले डीएसपी शाहीको हर्कतका विरुद्ध सडक आन्दोलन शुरु गरिसकेको छ । शाहीमाथि छानविन गर्न प्रहरीले समिति समेत बनाइ सकेको छ ।

Published : Sunday, 2019 November 3, 9:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया