कम्युनिस्ट सरकारकाे कमाल, राष्ट्रपति भण्डारीको भाञ्जा उपकुलपतिमा नियुक्त
काठमाडौं । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीकी नाताले भाञ्जा पर्ने डा.धर्मकान्त बाँस्कोटालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त भएका छन् ।
सरकारको यो निर्णयसँग राष्ट्रपति भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओली आलोचित बनेका छन् ।
संविधानले आलंकारिक संस्था भनेपनि राष्ट्रपति भण्डारीको भूमिका कार्यकारी अधिकारमाथि हस्तक्षेप गर्नेगरी हुन थालेको प्रतित हुँदै गएको प्रमाण देखिन थालेको चर्चा हुन थालेको छ ।
विगत केही महिनादेखि रिक्त रहेको त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा सिफारिस समितिले डा.भगवान कोइराला, बाँस्कोटा र चन्द्रमणि पौडेललाई सिफारिस गरेको थियो ।
यसअघि त्रिवि सेवा आयोगमा पूर्व एमाले निकटका व्यक्तिलाई सिफारिस गरी नियुक्ति गरेपछि सहकुलपतिको हैसियतमा रहेका शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पूर्व माओवादी निकट पौडेललाई उपकुलपतिमा नियुक्त गर्न चाहेका थिए ।
प्रधानमन्त्री तथा कुलपति ओली भने डा.भगवान कोइरालाको पक्षमा थिए । एकाएक राष्ट्रपति भण्डारीले आफ्नो पारिवारिक नाता सम्बन्ध भएका बाँस्कोटाको नाम अघि सारेपछि पदाधिकारी नियुक्तिको प्रक्रिया अलमलमा परेको थियो ।
बुधबारदेखि मृगौलामा देखिएको समस्याका कारण नियमित स्वास्थ्य परीक्षण र उपचारमा रहेका प्रधानमन्त्री तथा कुलपति ओलीले राष्ट्रपतिको चाहना बमोजिम नै डा.बाँस्कोटालाई उपकुलपतिमा नियुक्ति दिने निर्णय गरेका छन् ।
नवनियुक्त उपकुलपति डा.बाँस्कोटा नाताले राष्ट्रपतिका स्वर्गीय पति मदन भण्डारीको भाञ्जा पर्ने स्रोतले जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया