ललितपुरमा नाङ्गिए नेकपाका सांसदहरू, जनताले झुठ बोल्नेहरूलाई नाङ्गेझार बनाउने
ललितपुर । ललितपुरका स्थानीय जनताले सातदोबाटोदेखि चापागाउँसम्मको सडक विस्तार र मर्मत सम्भारको काम नभएपछि सडक डिभिजन कार्यालयका प्रमुख केशवकुमार शर्मासँग एकएक हिसाब किताब मागेर र्याखर्याख पारेका छन् ।
सडक मर्मत र निर्माणका लागि दवाव तथा सहयोग गर्न बनेको संघर्ष समितिका संयोजक रामभक्त महर्जनको नेतृत्वमा सडक डिभिजन कार्यालय ललितपुरमा आइतबार पुगेका स्थानीयहरूले सडक निर्माण भए–नभएको हिसाब किताब मागेका हुन् ।
सडक डिभिजन कार्यालयका प्रमुख शर्माले दिएको जवाफले स्थानीयहरू आक्रोशित हुँदै फर्किएका छन् । शर्माले माघ १५ गते अगाडि केही पनि हुन नसक्ने जवाफ दिएका छन् ।
यो सडकको ठेक्का सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटीले शारदा अधिकारीले लिएका छन् । सरकारको कालोसूचीमा परेका र बद्नाम ठेकेदार अधिकारीले यो सडकलाई ठेक्का लिएर काम नै नगरी कब्जा जमाएर बसेका छन् ।
सडक डिभिजन कार्यालय ललितपुरले तीन महिना अगाडि गरेको लिखित सहमति लत्याउँदै स्थानीयहरू अपमानित हुने जवाफ दिएको संघर्ष समितिले जनाएको छ ।
३ महिना अगाडि स्थानीय जनताले चापागाउँ–ठेचो–सुनाकोठी सडक ७ दिनसम्म बन्द गरेर आन्दोलन गरेका थिए । आन्दोलनपछि कम्युनिस्ट जनप्रतिनिधिहरूको सातो उडेको थियो ।
उक्त बन्द खुलाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जनप्रतिनिधिहरूले १ महिनाभित्र सडक कालोपत्र गर्ने लिखित सहमति गरेका थिए । तीन महिनापछि पनि कम्युनिस्ट जनप्रतिनिधिहरूको हर्कतले चापागाउँका स्थानीयलाई झन् आक्रोशित बनाएको छ ।
हुन त कम्युनिस्ट जनप्रतिनिधिहरूले स्थानीयहरूले बनाएको संघर्ष समिति नेपाली कांग्रेसले राजनीति गर्न बनाएको भन्दै आक्षेप लगाएका छन् । यसरी आक्षेप लगाउनेमा पहिलो नम्बरमा एमाले पृष्ठभूमि भएका नेकपाका प्रदेश सांसद चेतनाथ सञ्जले छन् । सञ्जेलले संघर्ष समितिलाई बिघठन गर्न माग गर्दै आएका छन् ।
लिखित सहमति पत्रमा हस्ताक्षर गर्नेमा नेकपाका प्रतिनिधि सभाकी सांसद पम्फा भुसाल, सांसद नवराज सिलवाल, प्रदेश सांसद चेतनाथ सन्जेल, सडक डिभिजन प्रमुख र ठेकदारले हस्ताक्षर गरेका थिए । त्यस बेला उनीहरूले स्थानीयहरूलाई नाटकीय रुपमा आन्दोलन फिर्ता गराउन सहमति गराएको रहस्य अहिले आएर खुलेको छ ।
कम्युनिस्टहरूले जनताको काम गर्दैनन्, जहिले पनि जालझेल र ढाँटको काम गर्छन् भन्ने प्रमाण स्थानीयले सडक डिभिजनमा आइतबार पुगेपछि पाएका हुन् ।
ललितपुरको चापागाउँ–ठेचो–सुनाकोठी कान्तिलोक पथ सडक पाँच वर्षदेखि अलपत्र परेको छ ।
कम्युनिस्ट जनप्रतिनिधिहरूले मंसिर मसान्तसम्म कालोपत्र हुने चापागाउँका जनालाई लिखित प्रतिवद्धता जनाए पनि कुनै काम हुन नसकेकोमा संघर्ष समिति आक्रोशित बनेको छ ।
नेकपाका जनप्रतिनिधिहरू, सडक डिभिजन कार्यालय ललितपुर र ठेकेदारहरूको हर्कतका विरुद्ध चापागाउँका स्थानीयहरूले सशक्त आन्दोलन चलाउने निस्कषमा पुगेका छन् ।
उनीहरूले दुईतिहाइको बलियो कम्युनिस्ट सरकार हुँदा पनि नेकपाका जनप्रतिनिधिहरूले काम गर्न नसकेकोमा जनताका माझ नाङ्गेझार बनाउने प्रतिबद्धता जनाएको संघर्ष समितिका संयोजक रामभक्त महर्जनले चेतावनी दिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया