कांग्रेसले क्यानडामा ओलीको कार्यसमितिलाई मान्यता दियो

काठमाडौं । नेपाली कांग्रेसले बुद्धिप्रकाश ओली नेतृत्वको नेपाली जनसम्पर्क समिति क्यानडालाई मान्यता प्रदान गरेको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले क्यानडामा ओली नेतृत्वको कार्यसमितिलाई मान्यता प्रदान गर्दै काम कारबाही गर्न निर्देशन दिएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले पार्टी निकटको नेपाली जनसम्पर्क समिति क्यानडाको अधिवेशन गराएका थिए ।

‘पार्टीका तर्फबाट क्यानडामा खटिनु भएका केन्द्रीय प्रतिनिधि, केन्द्रीय सदस्य दीपक गिरीको उपस्थितिमा सम्पन्न नेपाली जनसम्पर्क समिति क्यानडाको अधिवेशनबाट निर्वाचित बुद्धिप्रकाश ओली नेतृत्वको कार्यसमितिर्लाइ मान्यता प्रदान गर्ने’, पत्रमा उल्लेख छ ।

‘पार्टी केन्द्रीय कार्यसमितिको उक्त निर्णयअनुसार अगष्ट २६, २०१८ (भदौ १०, २०७५)का दिन सम्पन्न नेपाली जनसम्पर्क समिति क्यानडाको अधिवेशनबाट तपाईको अध्यक्षतामा निर्वाचित देहाय बमोजिमको कार्यसमितिलाई निर्णयको मितिदेखि लागू हुने गरी मान्यता प्रदान गरिएकोले, क्यानडामा रहनु भएका लोकतन्त्रवादी नेपालीहरूको साझा संसको रुपमा नेपाली जनसम्पर्क समिति क्यानडालाई एकताबद्ध र सकृय बनाइ पार्टी र नेपाली जनसम्पर्क समिति क्यानडाको हितलाई ध्यानमा राखी कार्य गर्नु गराउनु हुन निर्णय र निर्देशानुसार जानकारी गराइन्छ’, पत्रमा भनिएको छ ।

Published : Sunday, 2019 November 3, 6:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया