सगरमाथा सिमेन्टको कारखानामा भारतीयको मृत्यु

घोराही । बेलाबेला विवादमा आइरहने दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ३ गोग्लीमा रहेको सगरमाा सिमेन्ट कारखानामा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

कात्तिक १६ गते साँझ साढे छ बजे कारखानामा काम गर्ने भारत उत्तर प्रदेशका वर्ष ४५ का रमेशकुमार पटेल घाइते भएका थिए । उनको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।

कारखानाको निर्माणाधीन भवनको फर्मा बनाउने क्रममा पटेल खसेका थिए । उनको टाउकोमा चोट लागेको थियो ।

घाइते भई उपचारका लागि मेडिकल कलेज कोहलपुरमा पठाइएकोमा उपचारको क्रममा कात्तिक १६ गते राति साढे दश बजे पटेलको मृत्यु भएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2019 November 3, 12:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया