पूर्वयुवराज्ञी हिमानले गरिन् छठी माताको पूजा
काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले काठमाडौंको नागपोखरीमा पुगेर छठी माताको पूजा अर्चना गरेकी छिन् ।
शनिबार अपरान्ह पूर्वयुवराज्ञी शाहले छठ पर्वको मुख्य दिन नागपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ छठी माताको पूजा अर्चना गरेकी हुन् ।
छठ पूजा मूल समारोह समिति तथा जयश्री सन्तोषी माता सेवा समितिलगायतका धार्मिक संघ, संस्थाहरूको संयोजनमा नागपोखरीले छठ पर्व विशेष रूपमा मनाइएको छ ।
नागपोखरीमा छठी माईको पूजाका लागि विभिन्न धार्मिक संघ, संस्थाहरूको पनि सहभागिता हुने गर्दछ ।
विशेषगरी तराईमा मात्रै मनाउने गरिएको छठ पर्वलाई काठमाडौंको उपत्यका र पहाडहरूमा पनि मनाउने कामको विधिवत सुरूआत २०५८ सालबाट भएको बताइन्छ ।
Published : Saturday, 2019 November 2, 9:04 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया