नेकपा निकटका गुण्डा नाइके ‘बले’को टिम सात दिन थुनामै बस्ने
काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले २ करोड ६७ लाख रुपियाँ नगदसहित पक्राउ परेका २५ जना जुवाडेलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
प्रहरी हिरासतमा रहेका उनीहरूलाई तिहार बिदा सकिएसँगै बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गराइएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिए ।
शनिबार राति पिपलमार्गमा रहेको विक्रम गौतमको दुई तले घरको भुइँ तल्लामा जुवा खेलिरहेका २५ जनालाई दुई करोड ७२ लाख रुपियाँ नगद, ३ लाख रुपियाँको चेक, ३२ ओटा कौडा र ४ बुक ताससहित प्रहरीले पक्राउ गरेको थियो ।
सोमबार र बुधबार बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका १४ जनालाई सर्वाेच्च उपस्थित गराइएको उनले बताए ।
सर्वाेच्चमा आइतबार ६ जना र सोमबार र बुधबार निवेदन दिएका ८ जना गरी १४ जनालाई एकै पटक अदालतमा उपस्थित गराउन अदालतले प्रहरीलाई आदेश दिएको थियो ।
पक्राउ परेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका गुण्डा नाइके बलराम सापकोटा ‘बले’, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, ईन्दु श्रेष्ठ, रञ्जन राजवंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ रहेका छन् ।
पक्राउ पर्नेमा हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा पनि रहेका छन् । पक्राउ परेका २५ जनामध्ये १४ जनाले बिहीबार नै सर्वाेच्च अदालतमा उपस्थित गराइएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया