चापागाउँमा न्हुँ दयाँ भिन्तुनामा कांग्रेसका नेताहरू सहभागी
ललितपुर । ललितपुर जिल्लाको चापागाउँमा देसार समाजले नेपाल संवत ११४० न्हुँ दँया भिन्तुना भव्य रुपमा मनाएको छ ।
मंगलबार देसार समाज चापागाउँद्वारा आयोजित र्यालीमा स्थानीय परम्पपरागत झाँकीहरू प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणा, नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जन, देसार समाजका अगुवा समाजसेवी लगायतको सहभागिता रहेको थियो ।
नेपाली कांग्रेसका नेताहरूले नेपाल संवत ११४० न्हुँ दँया भिन्तुनाका अवसरमा शुभकामना दिएका थिए । उनीहरूले आफ्नै मौलिक संवतको संरक्षण गर्नुपर्नेमा सबैले ध्यान दिनुपर्ने बताएका थिए ।
सयौँको संख्यामा उपस्थित देसार समाजको र्यालीले चापागाउँको विभिन्न स्थानको परिक्रमा गरेको थियो ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया