कांग्रेस नेता खतिवडाले डिल्लीबजारमा लगाए भाइटीका

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले बहिनी कोपिला भट्टराईको हातबाट तिहारको भाइटीका लगाएका छन् ।

काठमाडौंको डिल्लीबजारस्थित आफ्नै निवासमा खतिवडाले टीका लगाएका हुन् । भाइटीका लगाउने खतिवडाका अन्य दाई र भाईहरू जम्मा भएका थिए ।

खतिवडाले परिवारसहित तिहार मनाएका छन् । उनले तिहारको उपलक्ष्यमा सबैलाई शुभकामना एवम् बधाइ पनि दिएका छन् ।

Published : Tuesday, 2019 October 29, 4:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया