कम्युनिस्ट प्रधानमन्त्रीका कारण तिहारका बेला यात्रुलाई सास्ती
काठमाडौं । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान रोकेको विरोधमा यात्रुहरूले विरोध जनाएका छन् ।
काठमाडौंबाट भद्रपुर उड्ने तयारीमा रहेको एसएचए ९४१ कलसाइन भएको श्रीएयर लाइन्स विमानलाई आइतबार बिहान उड्नै लाग्दा विमानस्थलले रोकेको थियो ।
रनवेमा जान लागेको विमानको ईञ्जिन बन्द गर्न लगाएपछि यात्रुहरू आक्रोशित हुँदै बाहिर झरेका थिए ।
स्थिति असामान्य बनेपछि प्रहरी आएर अबस्थालाई सामान्य बनाएको थियो ।
कम्युनिस्ट सरकारका प्रधानमन्त्री ओली अजरबैजानको बाकुबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा केहीबेर उडान अवतरण बन्द गरिएको थियो ।
ओली कात्तिक ७ गते अजरबैजान जाँदा पनि उडान अवतरण बन्द गरिएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले नोटाम जारी गरिएको समयमा भीभीआईपी उडानलाई असर नपरोस् भनेर केहीबेर विमान उड्न रोकिएको बताए ।
तिहार मनाउन घर जान हिँडेका यात्रुहरूलाई कम्युनिस्ट सरकारका प्रधानमन्त्री ओली चढेको विमान अवतरण गर्ने क्रममा अन्य यात्रुलाई असर पर्ने गरेर उडानहरू रोकेको यो पहिलो घटना होइन ।
राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणको बेलामा पनि पटक–पटक उडान–अवतरण अबरुद्ध गर्ने गरिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया