कार्यबाहक प्रधानमन्त्रीको फोन बिग्रिएपछि प्रचण्डलाई तनाब
विराटनगर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलको फोन बिग्रिएको भन्दै गुनासो गरेका छन् ।
विराटनगरमा शुक्रबार आयोजित नेकपाको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रचण्डले आफूसँग रहेको कार्यबाहक प्रधानमन्त्री पोखरेलको फोन बिगिएको बताएका हुन् ।
विराटनगर आउने क्रममा फ्लाइटको उडान तालिका पटक–पटक सरेपछि फोनमा कुरा गरेर आफू आउन नसक्ने जानकारी गराउन खोजेको उनले बताएका थिए ।
‘आज बिहान साढे ९ बजेको फ्लाइट भनिएको थियो । सर्दै गयो । साढे दश बजे, पौने एघार बजे, एघार बजे साढे एघार बजे हुँदै गएपछि मैले तीन पटक हाम्रो कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलजीलाई मैले फोन गरेँ’, उनले भने, ‘उहाँको मसँग भएको फोन केही समयदेखि बिग्रिएको रहेछ । उहाँको फोन उठेन ।’
‘मैले उहाँलाई भन्न चाहेँको थिएँ तपाइँ जानु भएकै छ । अहिले हाम्रो केही त्यस्तो समस्या केही पनि छैन’, प्रचण्डले भने, ‘तपाईले जे बोल्नु हुन्छ मेरो समर्थन हुन्छ । तपाईले पनि मेरो तर्फबाट पनि शुभकामना भन्दिनुस् भन्न चाहेँको थिएँ । भएन फोन ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया