राप्ती गाउँपालिकामा थारु सांस्कृतिक कार्यक्रम हुने
देउखुरी । दाङ जिल्लाको देउखुरीस्थित राप्ती गाउँपालिकाको वडा नम्बर ६, पत्थरगढवामा थारु सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
नेपालीहरूको महान पर्व तिहारको अवसर पारेर कात्तिक ९ गते पत्थरगढवामा स्थानीय थारु संस्कृतिको संरक्षणका लागि थारु सांस्कृतिक कार्यक्रम हुने भएको हो ।
कार्यक्रममा बगरापुर, सगरापुर, पत्थरगढवा, मझेरिया, भगवानपुर गाउँका टोलीले भाग लिने वडाध्यक्ष बेदप्रसाद चौधरीले जानकारी दिए ।
राप्ती गाउँपालिका वडा नम्बर ६ को कार्यालयको आर्थिक वर्षको कार्यक्रम अनुसार गाउँस्तरीय सांस्कृतिक कार्यक्रम हुन लागेको वडासचिव मंगलप्रसाद चौधरीले बताए ।
थारु संस्कृति झल्कने भेषभुष, गीत, संगीत, नाच, खानपान तथा कला संस्कृति सम्बन्धि थारु सांस्कृतिक देखाइनेछ ।
कार्यक्रम कात्तिक ९ गते शनिशारका दिन बिहान ११ बजेदेखि पत्थरगढवाको शिव मन्दिर परिसरमा हुनेछ ।
वडाध्यक्ष चौधरीले राप्ती नदी र सानो नदीकोे मनोरम दृष्य, सामुदायिक होमस्टे, थारु समुदायको मात्र बस्ती, कला संस्कृति परम्परा, आत्मीयता र आथित्यता, थारु संग्रालय र परम्परागत भेषभुषाको दृष्यावलोकनका लागि वडा नम्बर ६ मा आउन आग्रह गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया