नेपालका १८ अधिकृतलाई बेंगलुरुमा प्रशिक्षण

काठमाडौं । नेपाल सरकारका १८ जना अधिकारीहरूको दोस्रो समूहले कात्तिक ४ गतेबाट भारतको बेंगलुरुस्थित नेशनल एकेडेमी अफ कस्टम इन्डाइरेक्ट ट्याक्स एण्ड नार्कोटिक (एनएसीआईएन)मा सम्पत्ति शुद्धीकरण तथा आतंकवाद क्रियाकलापमा वित्तीय लगानी निवारणबारेको प्रशिक्षण शुरु गरेका छन् ।

विज्ञप्तिअनुसार नेपाल सरकारको अनुरोधमा कूल ६० अधिकारीहरूको लागि तयार पारिएको यो एक विशेष कोर्ष हो ।

नेपाल सरकारका विभिन्न निकायहरूको क्षमतालाई अभिवृद्धि गर्ने भारत सरकारको प्रतिवद्धताको उदाहरणको रुपमा यस कार्यक्रमलाई लिइएको भारतीय दूतावासले जनाएको छ ।

भारत सरकारको पूर्ण सरकारको कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग (आईटीईसी) कार्यक्रम अन्तर्गत रहेको छ ।

यस प्रशिक्षणले कार्यक्रममा सहभागी अधिकारीहरूको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी मामिलाहरूलाई प्रभावकारी ढंगबाट सामना गर्न सक्ने क्षमतालाई अभिवृद्धि गर्नेछ ।

२० नेपाली अधिकारीहरूको पनि पहिलो समूहले ०७६ भदौ ७ गते छ दिनको प्रशिक्षण मोड्युल सफलतापूर्व सम्पन्न गरेका थिए ।

२१ नेपाली अधिकारीहरूको तेस्रो सूहले यही मंसिर–पौष महिनादेखि प्रशिक्षण शुरु गर्नेछन् ।

वित्तीय अनुसन्धान एवम् सम्पत्ति शुद्धीकरण क्षेत्रमा एनएसीआईएन भारत सरकारको अत्याधुनिक शिक्षण सुविधा सहितको प्रमुख प्रशिक्षण संस्था हो ।

यो एशिया÷प्रशान्त क्षेत्रका लागि विश्व भन्सार संस्थाको एक मान्यता प्राप्त क्षेत्रीय प्रशिक्षण केन्द्र मानिन्छ ।

अन्य अन्तर्राष्ट्रिय संस्थाहरू जस्तै यूएनईपी, यूएनओडीसी, एसएएसईसी आदिसँग मिलेर काम गर्दछ ।

Published : Tuesday, 2019 October 22, 8:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया