कम्युनिस्ट सरकारले खेल क्षेत्रलाई पनि सिध्यायोः महर्जन
ललितपुर । नेपाली कांग्रेसका युवा नेता एवम् राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले खेल क्षेत्रलाई लथालिङ्ग र भताभुङ्ग बनाएको आरोप लगाएका छन् ।
ललितपुर जिल्लाको क्षेत्र नम्बर १ को बागमती गाउँपालिकामा आयोजित खुल्ला अध्यक्ष कप फुटबल प्रतियोगिताको बुधबार प्युटारमा उट्घाटन गर्दै महर्जनले कम्युनिस्ट सरकार खेल क्षेत्रलाई तहसनहस बनाएको बताए ।
‘तानाशाह बन्दै गएको दुईतिहाइको कम्युनिस्ट सरकारले खेल क्षेत्रलाई लथालिङ्ग र भताभुङ्ग परेको छ’, उनले भने, ‘कम्युनिस्ट सरकारले खेलकुदलाई पनि पूरै आफ्नो कब्जामा पारेको छ ।’
कम्युनिस्टहरूले खेलकुद क्षेत्रमा समेत राजनीति करण गरेको बताए । ‘खेलाडी र कर्मचारीले कम्युनिस्टप्रति झुकाब नराख्ने हो भने यो सरकारले राजनीतिक पूर्वाग्रह राखेर उनीहरूलाई अबसरबाट बञ्चित गराएर कर्मचारीलाई दुर्गममा सरुवा गरिदिने गरेको छ’, महर्जनले भने, ‘खेलकुद परिषदका पदाधिकारीहरूले खेलाडी र कर्मचारीहरूलाई धम्काउने गरेका छन् ।’
खेलकुद परिषदले यहि डिसेम्बर १ देखि १० गतेसम्म १३औँ साग गेम गर्ने तयारी गरेकोमा उनले भने, ‘मलाई साग गेम हुन्छ भन्नेमा आशंका छ ।’
१३औँ साग गेमको तयारी झारो टार्ने गरेर मात्रै काम भएको उनले बताए । साग गेमको नाममा बजेट कुम्याउने र दुरुपयोग गर्ने कार्य भएको उनले बताएका छन् ।
‘साग गेम गर्न भौतिक पूर्वाधार निर्माण पूरा भएको छैन’, महर्जनले भने, ‘एउटा रंगशाला समेत पुनःनिर्माण गर्न सकेको छैन । अहिले खेलकुद परिषदले आफ्नै पार्टीका सिपाहीहरूलाई विभिन्न उपकमिटीमा संयोजक बनाएको काम हुन सकेको छैन ।’
‘राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी हुँदाहुँदै उहाँहरूलाई साग गेममा तयारी समितिको कुनै जिम्मेवारी दिएको छैन । किनकि विभिन्न उपकमिटीलाई बजेट छुटाउनु पर्छ’, उनले भने, ‘अहिलेको साग गेम भनेको कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताहरूलाई कमाउने अवसर दिइएको छ ।’
पूर्वकोषाध्यक्ष महर्जनले भने, ‘अहिले खेलकुद परिषदमा एक सय पचासभन्दा बढी राष्ट्रिय संघ छ । त्यसमा खेलकुद परिषदले कम्युनिस्ट नेता र कार्यकर्तालाई भर्ती गर्ने गरेको छ ।’
ललितपुर क्षेत्र नम्बर १ को बागमती गाउँपालिकाले खुल्ला अध्यक्ष कप फुटबल प्रतियोगिता प्युटार बुधबार भएको छ । प्रतियोगितामा विभिन्न टिमले भाग लिएका छन् ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया