राष्ट्रपति सी र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
काठमाडौंको होटेल सोल्टीमा सीले देउवासँग शनिबार राति भेटवार्ता गरेका हुन् । करीव १५ मिनट भएको भेटवार्तामा दुई मुलुकबीचको सम्बन्धका बारेमा कुराकानी भएको स्रोतले जनाएको छ ।
भेटवार्तामा अन्य कुराकानी के–के भएको थियो सो विषयमा औपचारिक रुपमा केही भनिएको छैन ।
पूर्व कार्यतालिकाअनुसार राष्ट्रपति सी र नेपाली कांग्रेसका सभापति देउवाबीच भेटवार्ता भएको हो ।
Published : Saturday, 2019 October 12, 8:51 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया