अकार्की पत्नी ‘भ्याउने’ महरा पक्राउ, घरमा रुवाबासी
काठमाडौं । अकार्की पत्नीलाई जबरजस्ती करणी गरेको अभियोग लागेका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ ।
महरालाई प्रहरीले आइतबार साँझ बालुवाटारस्थित सरकारी निवासबाट पक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौंको अनुमति लिएर महानगरीय प्रहरी काठमाडौंले महरालाई पक्राउ गरेको जनाइएको छ ।
महरार्लाइ पक्राउ गर्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलले अनुमति दिएको श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । पक्राउ गर्दा अदालतको अनुमति लिनुपर्ने कानूनी व्यवस्था रहेको श्रेष्ठले बताए ।
प्रहरीको टोली जिल्ला अदालत काठमाडौंको पक्राउ पुर्जी लिएर पक्राउ गर्न महराको सरकारी निवासमा पुगेको थियो । महराले प्रहरीको सरकारी नम्बर प्लेट भएको गाडीबाट जान नमानेपछि रातो नम्बर प्लेटको रातो कारमा राखेर लगिएको थियो ।
अकार्की पत्नीलाई कुटपिट गरेर जबरजस्ती करणी गरेको अभियोग लागेका महराले सभामुख पदबाट राजीनामा दिएका थिए । महराले सभामुख पदबाट राजीनामा दिए पनि सांसद पटबाट भने राजीनामा दिएका छैनन् ।
पक्राउ परेका महरासँग प्रहरीले दशैँपछि मात्रै बयान लिने भएको छ । दशैँको विदा भएकाले महरासँग बयान हुनेछैन ।
प्रहरीले महरालाई जबरजस्ती करणी गरेको अभियोग लागेपछि किटानी जाहेरीपरेपछि कानूनी प्रक्रियाअनुसार पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले बताए । पोखरेलको अनुसार काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर महरालाई पक्राउ गरिएको जानकारी दिए ।
संसद सचिवालयकी कर्मचारी महिलाले आफूलाई महराले जबरजस्ती करणी गरेको भन्दै कारबाहीको माग गरेर नयाँबानेश्वरस्थित प्रहरी वृत्तमा शुक्रबार किटानी गर्दै जाहेरी दिएकी थिइन् ।
यसअघि महरालाई बचाउन ती महिला कर्मचारीलाई दवाव दिएर पूर्वमाओवादी निकटको एक अनलाइनले समाचार तथा अन्तर्वार्ता सार्वजनिक गरेको थियो । त्यो समाचार र अन्तर्वार्ताको केही चलेन ।
महराको यो काण्डलाई हाम्राकुरा डटकम नामक अनलाइन पोर्टलले सार्वजनिक गरेको थियो ।
दाङ जिल्लाको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित महराको यो काण्डपछि मतदाताहरु निरास बनेका छन् । महरा पक्राउ परेपछि आफन्त र शुभेच्छुकहरु तनाब भएको छ । यस पटकको दशैँ महराको परिवारमा बिथोलिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया