काण्डकारी महराको दशैँ हिरातमा हुने सम्भावना, प्रहरीमा उजुरी दर्ता

काठमाडौं । काण्डकारी तत्कालीन सभामुख एवम् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणको अभियोगमा संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले उजुरी दिएकी छिन् ।

जबरजस्ती करण गरेको आरोप लागेपछि महराले राजीनामा दिएका छन् । शाहीले महराविरुद्ध बानेश्वरस्थित प्रहरी वृत्तमा उजुरी लिइको स्रोतले जनाएको छ ।

पदबाट राजीनामा दिएका महराविरुद्ध जाहेरी परेपछि प्रहरी हिरासतमा जाने सम्भावना बढेको छ ।

असोज १३ गते शाहीले आफूमाथि हिंसा भएको जनाएकी थिइन् । आइतबार राति पानै ९ बजे सुविधानगरमा भएको भनिएको घटनापछि प्रहरी समेत शाहीको घरमा पुगेको थियो ।

महराको राजीनामा आएसँगै उनले बयान फेरेकी थिइन् । श्रीमानसँग छलफलपछि मात्र के गर्ने निष्कर्षमा पुग्ने बताएकी उनले स्वास्थ्य परीक्षण गर्न पनि मानेकी थिइनन् ।

पछिल्लो समय शाहीले आफू डिप्रेसनको शिकार भएको र के बोलेँ थाहा नभएको भन्दै बयानहरु प्नि मिडियामा आएका थिए ।

महराको काण्डविरुद्ध चर्को दबाबपछि प्रहरीले घटनास्थलबाट रक्सीका बोतल, फुटेका चस्मा लगायतका सामग्री बरामद गरेको थियो ।

जोहरी परेसँगै प्रहरीले अनुसन्धानमा पुनः तादरुकता देखाएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले महरा र शाहीका विषयमा प्रहरीले आफ्नो तरिकाले अनुसन्धान गरिरहेको बताएका छन् ।

शाहीको उजुरीपछि महरालाई प्रहरीले पक्राउ गर्ने सम्भावना छ । प्रहरीले पक्राउ गर्यो भने महराको दशैँ प्रहरी हिरासतभित्र हुनेछ ।

महराविरुद्धको प्रमाणका विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।

Published : Saturday, 2019 October 5, 4:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया