कटहरियामा तोडफोड गर्नेलाई कारबाहीको माग

काठमाडौं । रौतहट जिल्लाको कटहरिया नगरपालिकामा भएको तोडफोडका दोषीलाई कारबाही गर्न मेयर सियारामप्रसाद कुशवाहाले माग गरेका छन् ।

कुशवाहाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नगरपालिकाको कार्यालयमा तोडफोड गर्ने समूहलाई कारबाही गर्न माग गरेका हुन् ।

नगरपालिका कार्यालयमा प्रहरीकै अगाडि तोडफोड भएको उनले दाबी गरेका छन् । असुरक्षित भएका मेयर कुशवाहासहितका जनप्रतिनिधिले तोडफोड गर्नेलाई कारवाही र सुरक्षाको माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई भेटेर शान्ति सुरक्षाको माग पनि गरेका छन् ।

उनले शान्ति सुरक्षाका लागि खटेका प्रहरीकै अगाडि कार्यालयमा तोडफोड हुनु दुखद् भएको बताएका छन् ।

उनले तोडफोडमा संलग्नलाई कानून अनुसार कारवाही गर्नुपर्ने माग गरेका छन् ।

गृहमन्त्री थापाले घटनामा संलग्नलाई कारवाही गर्ने आश्वासन दिएका छन् ।

मेयर कुशवाहाले गृहमन्त्रीका साथै संघीय मामला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितलाई पनि घटनाको भिडियोहरू देखाएर जानकारी गराएका गराएका छन् ।

जिल्लामा प्रहरीले निबेदन लिन नमानेपछि मेयर कुशवाहाले मन्त्रीलाई निवेदन दिँदै सुरक्षाको माग गरेका हुन् ।

Published : Thursday, 2019 October 3, 5:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया