कांग्रेसले सम्झियो गान्धीलाई, अहिंसाको बाटा अँगाल्न देउवाकाे अपील
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महात्मा गान्धीले देखाएको अहिंसाको बाटोलाई अनुशरण गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।
१ सय ५० औं गान्धी जयन्तीको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले गान्धीले देखाएको अहिंसाको बाटोबाटै अगाडि बढेर मुलुकलाई निकास दिन सकिने बताए ।
उनले गान्धीलाई विश्वकै दूरदर्शी महान नेताको रुपमा चित्रण गर्दै उनका अहिंसावादी दर्शनले नै नेपालको पनि उन्नति हुने बताएका छन् ।
देउवाले गान्धीले अहिंसाको बलमा तत्कालीन अङ्ग्रेज शासकलाई भारतबाट हटाएर विश्वलाई नै नयाँ दर्शन दिएको बताए ।
गान्धीलाई विश्वकै विकेन्द्रीकरणका प्रवक्ताको रुपमा पनि उनले स्मरण गरेका छन् ।
नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गान्धीवादको प्रभाव नेपाल र विश्व राजनीतिमै परेको बताएका छन् ।
उनले नेपालमा प्रजातन्त्रको स्थापनामा पनि गान्धीवादको ठूलो आर्शीवाद रहेको स्पष्ट पारेका छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले गान्धीवादले विश्वलाई नै शान्तिको सन्देश दिइरहेको पनि उल्लेख गरेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, नेता कृष्णप्रसाद सिटौला, युवा नेताद्व उदयशम्शेर राणा, रामहरि खतिवडा, भारतीय कांग्रेस आईका नेता सलमान खुर्सिदल, नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीगायतको सहभागिता रहेको थियो ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया