शुभकामना दिन कांग्रेसले राख्यो चियापान कार्यक्रम

काठमाडौं । कोजाग्रत पूर्णिमाको दिन नेपाली कांग्रेसले दशैँ, तिहारलगायतका पर्वको शुभकामना आदान प्रदान गर्न चियापान कार्यक्रम गर्ने भएको छ ।

नेपाली कांग्रेसले असोज २६ गते चियापान कार्यक्रम राखिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो एक बजेदेखि ५ बजेसम्म आयोजना हुनेछ ।

सोही दिन सबै जिल्लाहरूले चियापान कार्यक्रम गर्नेछन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला भने सानेपामा हुने चियापान कार्यक्रममा सहभागी हुनेछन् ।

अन्य जिल्लाको चियापान कार्यक्रमको संयोजन सम्बन्धित जिल्ला कार्य समितिले गर्नेछन् ।

नेपाली कांग्रेसले २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि वीपी कोइरालाद्वारा ०३४ सालबाट शुरू गरिएको चियापान कार्यक्रम दशैंको अवसर पारेर हरेक वर्ष आयोजना गर्दै आएको छ ।

Published : Wednesday, 2019 October 2, 10:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया