महिला काण्ड मच्चाउने भीभीआइपीलाई हत्कडी लगाउन खतिवडाको माग
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कथित जनयुद्धका बेला महिला वा अर्काकी पत्नी तोकेको भनेर सांकृतिक बिचलनभन्दै भाटे कारबाही गर्ने तत्कालीन माओवादीहरूको हर्कतबाट आफू आश्चर्य चकित परेको बताएका छन् ।
ओखलढुंगा सेवा समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले कथित जनयुद्धका बेला भाटे कारबाही गर्ने माओवादीका नेताले अकार्की छोरीचेली, पत्नी बिर्गादा पनि कारबाही नभएकोमा चिन्ता व्यक्त गरेका हुन् ।
उनले दुई दिन यता मुलुकमा देखिएको हाइप्रोफाइल स्क्याण्डलका दोषीलाई पक्राउ गरेर कारबाहीको माग गरे ।
महिला काण्डपछि पदबाट राजीनामा दिए कृष्णबहादुर महराप्रति लक्षित गरेर उनले भने, ‘मुलुकको संविधान र कानून सबैका लागि बराबर हो । महिलालाई दुर्व्यवहार कसैले गर्दा भने त्यो जो सुकै भएपनि कानूनअनुसार हत्कडी लगाएर कारबाही गर्नुपर्छ ।’
कथित जनयुद्धका बेला माओवादीले सांस्कृतिक बिचलनभन्दै धेरैलाई श्रमशिविरमा राखेर कारबाही गरेको भन्दै खतिवडाले कानूनअनुसार अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरीसँग अनुरोध गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया