‘अरिँगाल’हरूद्वारा काठमाडौंमा सभापति देउवाको अपमान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई काठमाडौंमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का समर्थकहरूले अपमान गरेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको प्रज्ञा भवनमा बिहीबार आयोजना गरेको कार्यक्रममा सहभागी हुन सभापति देउवा पुगेका थिए ।

कार्यक्रममा सहभागी हुनेवित्तिकै नेकपाका समर्थकहरूले ‘जनयुद्धका बेला टाउकोको मूल्य तोक्ने’ भनेर सभापति देउवाको आलोचना गरेका थिए । आफ्नो अपमान हुँदा पनि केही समय सहेर बसेका सभापति देउवाले कार्यक्रमलाई सम्बोधन गरेर बाहिरिएका थिए ।

त्यति मात्रै होइन सभापति देउवालाई अपमान भइरहेका बेला कथित नागरिक समाजका डा.सुन्दरमणि दीक्षितले पनि नेपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ब्याङग्य गर्दै कता उड्यो प्रचण्ड चढेको प्लेन भनेर होहल्ला गरेका थिए ।

कार्यक्रममा सहभागी नेकपाका समर्थकहरूले आफूहरूको कुरा सुन्न शीर्ष नेता बस्नुपर्ने माग राखेका थिए ।

राष्ट्रिय मानवअधिकार आयोगले आयोजना गरेको संक्रमणकालीन न्यायको विषयमा द्वन्द्वपीडित र शीर्ष नेताबीचको अन्तरक्रिया पीडितले प्रमुख दलका शीर्ष नेता नआएर आफूहरूको उपेक्षा गरेको भन्दै आक्रोश पोखेका थिए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बोलाइएका थिए ।

सभापति देउवाले पीडितहरूको कुरा सुन्न कुष्णप्रसाद सिटौला र डा.मीनेन्द्र रिजाल कार्यक्रममा रहेको भन्दै अर्को कार्यक्रममा जानुपर्ने भएको भनेर बाहिरिएका थिए ।

Published : Thursday, 2019 September 26, 11:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया