हेलिकप्टर दुर्घटनाबाट महामन्त्री डा.कोइराला बचे, दुई ठाउँमा आकस्मिक अवतरण

मन्थली । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला चढेको हेलिकप्टलाई आकस्मिक अवतरण गरिएको छ ।

खोटाङबाट काठमाडौंका लागि आउँदै गरेको प्रभु एयरको हेलिकप्टर मौसम खराब भएका कारण रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा अवतरण भएको जिल्ला प्रहरी कार्यालय रामेछापको प्रमुख डिएसपी सन्तोषकुमार भट्टराईले जानकारी दिए ।

महामन्त्री डा.कोइराला सवार हेलिकप्टर शुक्रबार अपरान्ह मन्थलीमा अवतरण गरेको थियो । शुक्रबार साँझ मन्थलीमा पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्नुका साथै मन्थलीमै डा.कोइराला बसेका थिए ।

बिहीबार बिहान खोटाङबाट चढेर आएको हेलिकप्टरमा खरावी आएपछि अर्को हेलिकप्टर काठमाडौंबाट मगाएर काठमाडौं प्रस्थान गरेका हुन् ।

‘मौसम खराब थियो । पानी पनि परेको थियो’, भट्टराईले भने, ‘मन्थली विमानस्थलमा हेलिकप्टर ल्याण्ड भयो । बिहीबार बिहान ९ बजे उहाँहरू सकुशल अर्को हेलिकप्टरबाट काठमाडौं प्रस्थान गर्नुभएको छ ।’

नेपाली कांग्रेस पार्टीले संचालन गरेको दोश्रो चरणको राष्ट्रिय जागरण अभियान समापन गर्न खोटाङको हलेसी पुगेका महामन्त्री डा. सशांक कोइरालाको काठमाडौं फिर्ति निकै सकसपूर्ण बनको छ ।

हेलिकप्टरमा महामन्त्री डा.कोइरालासहित केन्द्रीय सदस्य चन्द्र भण्डारी, नवलपरासी जिल्ला सभापति भरत गुरुङ र नेतृ हीरा गुरुङ रहेका थिए । उनीहरूलाई लिएर बुधबार दिउँसो २:३० बजे दिक्तेलबाट काठमाडौंका उडेको हेलिकप्टर प्रतिककुल मौसमका कारण दुई स्थानमा आकस्मिक अवतरण गरेर साँझपख रामेछाप विमानस्थलमा अवतरण गर्नु परेको थियो ।

बुधबार दिउँसो काठमाडौंका लागि उडेको प्रभु एयरको ९–एन–एएलयू कलसाईनको हेलिकप्टरमा सवार महामन्त्रीसहितका ४ जना नेताहरूले कहाली लाग्दो यात्रा पार गरेर साँझ रामेछाप विमानस्थलमा अवतरण गरेका थिए ।

बिहीबार बिहान मन्थलीमा पत्रकार सम्मेलन गरेर महामन्त्ती डा.कोइरालाले बालबाल बाँचेर मन्थली आइपुगेको बताएका छन् ।

‘बाँचेर यहाँसम्म आइपुगिन्छ भन्ने लागेकै थिएन’, डा. कोइरालाका साथ रहेकी कांग्रेस नेतृ हीरा गुरुङले भनिन् ।

उनलाई त्रासपूर्ण यात्राको सम्झेर बयान गर्न पनि कठिन परेको देखिन्थ्यो । गुरुङका अनुसार सडक मार्ग अवरुद्ध भएपछि हेलिकप्टर बोलाइएको थियो ।

‘सुरुमा दिक्तेलबाट उडेको हेलिकप्टर बाक्लो बादलमा फस्यो । पानी पनि त्यतिकै परिरहेको थियो’, उनले भनिन्, ‘विदेशी पाइलटले बादलमा फनफनी घुमाउँदा सबैको सास डरले अड्किएको थियो । कतै ठूलो दुर्घटनामा त परिने हैन भन्ने त्रास थियो ?’

उनको अनुसार त्यसरी आकाशमा घुम्दाघुम्दै दुधकोशी र सुनकोशीको बीचमा एउटा सानो टापु देखिएपछि पाइलटले त्यहाँ आकस्मिक अवतरण गराएका थिए ।

त्यहाँ अवतरण गराएपछि गाउँले सबै उर्लिएर हेर्न आएका थिए । ‘झण्डै १ घण्टा त्यहाँ रोकिएपछि हेलिकप्टर पुनः उड्यो । यसपटक पनि फेरी त्यही चक्करमा फस्यो,’ उनले भनिन्, ‘चारैतिर बादल, पानी र अँध्यारो । उज्यालो भेटिएन । घुम्दाघुम्दा लिखु किनारमा दोश्रो आकस्मिक अवतरण भयो । थकान, त्रास र भोक तीनै थियो । अब के गर्ने ? न खाने स्थान छ, न सुत्ने । बाटोबाट जाउँ भनेपनि सुविधा थिएन ।’

गुरुङका अनुसार विदेशी पाइलटले त्यहाँ केहीबेर बसेपछि रामेछापतर्फ उडानका लागि तयारी गरेका थिए ।

‘तेश्रो उडानमा इन्धन पर्याप्त थिएन । २० मिनेट जतिलाई तेल पुग्ने कुरा पाइलटले हामीलाई जानकारी दिएका थिए’, उनले भनिन्, ‘त्यसपछि झनै डर लाग्यो । रात्रि विश्रामका लागि पाइलटले सुनकोशी किनारबाट उत्तर लगेर रामेछाप विमानस्थलमा साँझ हेलिकप्टर अवतरण गराए ।’

उनको अनुसार त्यसपछि मात्रै हेलिकप्टर सवार सबैले राहत महसुस गरेका थिए । ‘भोलि त जे होला, होला ? त्यसबेला आनन्दको सास फेरीयो’, उनले भनिन्, ‘आधा यात्रा त अझैं बाँकी छ । त्यसमा पनि फेरि मौसमकै कुरा बाधक भएको छ ।’

रामेछाप–काठमाडौं रुटको मौसम अहिले पनि सफा छैन । प्रभुको अपरेसन विभागले पनि हेलिकप्टरलाई तत्काल नउड्न भनेको बताइएको छ ।

सडक मार्ग अवरुद्ध भएको, बिरामी परेको र अन्यत्रको कार्यक्रममा जानु परेका कारण उनले हेलिकप्टर बोलाएका थिए ।

रामेछाप विमानस्थलमा रहेको डिपोबाट प्रभुको हेलिकप्टरमा इन्धन भरेपछि असावधानीवस विर्को नलागेकोले ट्यांकीमा पानी पसेको छ ।

Published : Thursday, 2019 September 26, 1:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया