कांग्रेसका महामन्त्री खड्का कुवेत प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का कुवेत प्रस्थान गरेका छन् ।

नेपाली जनसम्पर्क समिति कुवेतको अधिवेशनमा सहभागी हुन महामन्त्री खड्का बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

जनसम्पर्क समिति कुवेतको असोज १० गते नयाँ नेतृत्वका लागि अधिवेशन हुँदै छ ।

कुवेतमा रहँदा महामन्त्री खड्काले त्यहाँ रहेका नेपाली कामदारका साथै नेपाली कांग्रेसका शुभेच्छुकहरूसँग भेटघाट गर्नेछन् ।

Published : Thursday, 2019 September 26, 1:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया