कांग्रेसका केन्द्रीय सदस्य भण्डारीको शल्यक्रिया

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीको सफल शल्यक्रिया भएको छ ।

ललितपुरको मेडिसिटी अस्पतालमा केन्द्रीय सदस्य भण्डारीको पित्तथैलीको शल्यक्रिया भएको हो । भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरूलाई उदृत गर्दै परिवारजनले बताएका छन् ।

पित्तथैलीमा पत्थरी परेपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य भण्डारीलाई अस्पताल भर्ना गरिएको थियो ।

Published : Wednesday, 2019 September 25, 10:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया