लफङ्गा कम्युनिस्टहरुले कांग्रेसलाई बुझ्न पर्दैन, हामी बाघ हौँः मोहनबहादुर बस्नेत

खाडीचौर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले केपी ओली र प्रचण्डले तस्करहरुलाई संरक्षण गरेको आरोप लगाएका छन् ।

सिन्धुपाल्चोक जिल्लाको खाडीचौरमा मंगलबार आयोजित राष्ट्रिय जागरण अभियानको समापन कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले सुन तस्करीमा लागेका नेकपाका नेताहरुलाई ओली र प्रचण्डले छुटाएको बताए ।

उपराष्ट्रपति, गृहमन्त्री र अग्नि सापकोटाका आफन्तले सुनकोशीमा बालुवा, रोडा तस्करी गरेको भन्दै बस्नेतले नेकपाका कार्यकर्ताहरुले देशभरि लुट मच्चाइ रहेको बताए । उनले नेकपाको अपराध धेरै दिन नटिक्ने बताए ।

नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियनको कार्यक्रमले नेकपाका कार्यकर्ताहरु हजारौँ स्थानीय नेता तथा कार्यकर्ताले पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेको बताए ।

नेपाली कांग्रेसले जितेको गाउँपालिकामा कर नलिएको भन्दै नेता बस्नेतले कम्युनिस्टहरुले जितेको गाउँपालिका र नगरपालिकामा गरिव जनतालाई चर्को कर लगाएको बताए । उनले कम्युनिस्ट सरकारले अर्बौं अरब रुपियाँ रकम एनसेललाई कर छुट दिएको भन्दै आक्रोश व्यक्त गरे ।

उनले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले विधिको शासन समाप्त गरेको आरोप लगाए । ओलीको सरकारको आलोचना माधवकुमार नेपाल र भीमबहादुर रावलहरुले विरोध गरेको भन्दै नेता बस्नेतले नेपाली कांग्रेसका नेताहरु टाउकोमा कात्रो बेरेर देश र लोकतन्त्र बचाउन लागेको बताए । ‘नेकपाका कारण नेपाका कार्यकर्ताहरुको भविष्य अन्धकार हुन थालेको छ । आउनुस् नेपाली कांग्रेसमा ठाउँ दिन्छौँ’, उलने भने, ‘तपाईहरु सर्वहारा हो कि लुटेरा हो ?’

नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवाको भनाइ नबुझेर खित्का छाडेर हाँसेको घटनको आलोचना गरेका बस्नेतले पदीय हैसियत नभुल्न चेतावनी दिए । बस्नेतले भने, ‘शेरबहादुरले भने जस्तो नबुझेको जस्तै मदन भण्डारीको हत्यारा पत्ता लगाउन तपाईले बुझ्नु भएन ? तपाई यो देशको अभिभावक हो । तपाईले जे पायो त्यही बोल्न पाइन्छ ?’

नेपाली कांग्रेसको भाषा लफङगा कम्युनिस्टले नबुझे पनि केही नहुने उनले बताएका छन् । देश र जनताका लागि सधै लेडेको कांग्रेसलाई कम्युनिस्टहरुले नबुझे पनि केही नहुने उनले बताए ।

नेपाली कांग्रेसको सरकारले ६५ वर्षको उमेरमा वृद्ध भत्ता दिने निर्णयलाई कम्युनिस्टहरुले हटाएर ७० वर्ष बनाएको भन्दै बस्नेतले सत्तारी वर्षमा वृद्ध भत्ता दिनुभनेको मृत्यु भएपछि दिए सरह रहेको बताए ।

उनले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई झठा मुद्धा लगाएर दुःख दिने कार्य नगर्न चेतावनी दिएका छन् । उनले नेपाली कांग्रेस गान्धीवादी भएपनि कार्यकर्तालाई झुठामुद्धा लगाएर दुःख दिने काम भयो भने मोहनबहादुर बस्नेत गान्धीवादी नहुने चेतावनी दिए ।

Published : Tuesday, 2019 September 24, 4:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया