देउवा र पौडेललाई गाली गर्ने होइन, पहिला पार्टी बनाऔँः मीनकृष्ण महर्जन
खाडीचौर । नेपाली कांग्रेसका युव नेता एवम् केन्द्रीय प्रतिनिधि मीनकृष्ण महर्जनले पार्टीका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई गाली गर्दैमा नेपाली कांग्रेस पार्टीको संगठन बन्न नसक्ने बताएका छन् ।
सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर १ मा मंगलबार आयोजित समापन कार्यक्रमलाई सम्बोधन गर्दै महर्जनले सभपाति देउवा र वरिष्ठ नेताको आलोचना गर्ने नेताहरुलाई आफ्नो विगत स्मरण गर्न सुझाव दिएका छन् । ‘सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको आलोचना गर्नुभन्दा आफै सुध्रिएर पार्टी बनाउनुपर्छ’, उनले भने, ‘सभापति र वरिष्ठ नेताको बद्नाम गर्ने काम गर्नु हुँदैन । तपाई हामीबाटै सुधार गरेर कांग्रेसलाई बनाउनुपर्छ ।’
युवा नेता महर्जनले कांग्रेस बनाउन सभापति देउवा र वरिष्ठ नेता पौडेलको ठूलो योगदान रहेको भन्दै उनीहरुको तुलनामा अहिलेका नेताहरुको योगदान धेरै थोरै भएको बताए ।
सिन्धुपाल्चोक जिल्लामा पनि विवाद रहेको भन्दै महर्जनले पार्टीमा योगदान नगरेर नेता बन्न खोज्ने कार्यको अन्त्य गर्नुपर्ने बताए । ‘यो जिल्लामा पनि केही नेताहरुले च्याखे थाप्ने काम गरेका छन्’, उनले भने, ‘सिन्धुपाल्चोक कांग्रेसका लागि मोहनबहादुर बस्नेतको योगदान ठूलो छ । सिन्धुपाल्चोकमा कांग्रेस बचाउन पनि पार्टीमा एकजुट हुनुपर्छ ।’
नेपाली कांग्रेसका युवा नेता महर्जनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा वितृणा बढेकै कारण ३ सय ३० निर्वाचन क्षेत्रमा दोस्रो चरणको कार्यक्रमका क्रममा हजारौँ नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको बताए । उनले भने, ‘नेपाली कांग्रेसमा पहिलो र दोस्रो चरणमा गरी नेपाली कांग्रेसमा नेकपाका करीव ७० हजार नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।’
युवा नेता महर्जनले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका कारण लोकतन्त्र खतरामा परेको बताए । उनले लोकतन्त्र बचाउनका लागि नेपाली कांग्रेस अगाडि आउनुपर्ने बताएका छन् । उनले भने, ‘लोकतन्त्रको रक्षाको लागि नेपाली कांग्रेसले छिटै सरकारको नेतृत्व गर्नेछ । जनताले कांग्रेसलाई सत्तामा पु¥याउनेछन् ।’
उनले दोस्रो चरणको कार्यक्रम मंगलबारदेखि देशैभरि समापन भएपनि कांग्रेसले छिटै तेस्रो चरणको राष्ट्रिय जागरण अभियानको कार्यक्रम हुने बताए ।
महर्जनले वर्तमान सरकार काण्डैकाण्डमा फसेको बताएका छन् । ‘निर्मला पन्त काण्डमा नेकपाका ठूलै नेताको छोरा मुछिएका छन् । उनलाई उन्मुक्ति दिन दोषीलाई बचाउन कम्युनिस्ट सरकारले ढाकछोप गरेको छ’, उनले दाबी गर्दै भने ।
गाउँका गरिव जनतासँग कर उठाएर हैरान बनाएको बताएका युवा नेता महर्जनले काण्डकारी कम्युनिस्ट सरकारले एनसेललाई अर्बौ रकम करमा छुट दिएको बताए । एनसेललाई सेटिङमा करमा छुट दिएको उनले बताए ।
वर्तमान कम्युनिस्ट सरकारले चीनसँग सहकार्य गर्न खोजेको भन्दै उनले यस्ता कार्यको नेपाली जनतालाई स्वीकार्य नरहेको बताए । ‘चीनले चालीस करोड दिएर चालीस अर्ब ठेक्का लिन्छ’, उनले भने, ‘कम्युनिस्ट सरकारकै मन्त्रीहरुले कमिशन खाएर ठेक्का दिने गरेका छन् ।’
सरकारले मेलम्चीको ठेक्का पुरानो ठेकेदारलाई लखेटेर प्रचण्डका विवादास्पद घरबेटीलाई ठेक्का दिएको आरोप लगाए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया