ओलीको ‘बघिनी’ थुन्न तरुण दलले सिन्धुपाल्चोकमा खोर बनायो

खाडीचौर । नेपाल तरुण दल सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष प्रमोद लामाले प्रधानमन्त्री खड्गप्रसाद ओलीको ‘बघिनी’ थुन्न तरुण दलले खोर बनाएर राखेको चेतावनी दिएका छन् ।

सिन्धुपाल्चोक जिल्लाको खाडीचौरमा मंगलबार नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लामाले ओलीको बघिनीलाई तरुण दलले सिन्धुपाल्चोकमा खोर बनाएको बताए । उनले ओलीको अरिँगाललाई लखेट्न पुल्ठो बनाएर राखेको बताए ।

‘प्रधानमन्त्री खड्गप्रसाद ओलीको बघिनीलाई थुन्न तरुण दलले सिन्धुपाल्चोकमा खोर बनाएर राखेको छ’, उनले चेतावनी दिँदै भने, ‘नेकपाका अरिँगालहरुलाई पुल्ठो बालेर लखेट्ने छौँ ।’

सिन्धुपाल्चोक तरुण दलका अध्यक्ष लामाले सभपाति शेरबहादुर देउवाको मानमर्दन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरे ।

उनले राष्ट्रपति भण्डारीलाई आफ्नो औकातमा बस्न चेतावनी दिएका छन् ।

नेपाली कांग्रेस सिन्धुपाल्चोकका स्थानीय नेता सर्विता खड्का, हरिशरण श्रेष्ठ, प्रेमध्वज लामासहितका नेताहरुले सरकारविरुद्ध अभिव्यक्ति दिएका थिए । उनीहरुले दुईतिहाइको बलियो सरकारलाई कठ्पुतलीको संज्ञा दिएका थिए ।

Published : Tuesday, 2019 September 24, 4:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया