कांग्रेसको दोस्रो चरणको कार्यक्रम समापन हुँदै, शीर्ष नेताहरूले कहाँ– कहाँ सम्बोधन गर्दै छन् ?
काठमाडौं । नेपाली कांग्रेसको ‘हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान’ दुईतिहाइको बलियो कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गरेर समापन हुँदै छ ।
७७ वटै जिल्लामा नेपाली कांग्रेसले मंगलबार प्रदर्शन गर्दै छ । जिल्लामा हुने प्रदर्शनमा कम्युनिस्ट सरकारविरुद्ध नारावाजी लाग्ने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
जागरण अभियानबाट उत्साहित भएको नेपाली कांग्रेसले कम्युनिस्ट सरकारको भण्डाफोर गर्नेछ ।
जागरण अभियानको कार्यक्रमलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि सम्बोधन गर्नेछन् । देउवाले कैलालीको धनगढीको प्रदर्शनलाई सम्बोधन गर्नेछन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले प्यूठानमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । महामन्त्री डा.शशांक कोइरालाले खोटाङको कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
उपसभापति विमलेन्द्र निधिले धनुषामा सम्बोधन गर्नेछन् । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले चितवनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले नवपुर जिल्ला र अर्का युवा नेता मीनकृष्ण महर्जनले सिन्धुपाल्चोकमा सम्बोधन गर्नेछन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया