कम्युनिस्टको घमण्ड तोड्ने कांग्रेस बनाऔँः कमलकिशोर घिमिरे
धनगढी । कैलाली जिल्लाको जानकी गाउँपालिकाका नेपाली कांग्रेसका स्थानीय नेता र कार्यकर्ताहरू पार्टीको संगठन बनाउन जोड दिएका छन् ।
मुनुवामा आइतबार आयोजित कार्यक्रममा कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका कारण जनताले झन् दुःख पाएको बताए ।
उनीहरूले नेपाली कांग्रेसले मात्रै जनताका समस्या समाधान गर्नुपर्ने बताएका छन् ।
हिमाल, पहाड तराई–मधेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको कार्यक्रम अन्तर्गत आइतबार कार्यक्रम भएको केन्द्रीय प्रतिनिधि कमलकिशोर घिमिरेले बताए । उनले विकास र जनताका आधारभूत विषय पूरा गर्नका लागि नेपाली कांग्रेस नै अगाडि आउनुपर्ने बताए ।
युवा नेता घिमिरेले जनताले दिएको झण्डै दुईतिहाइको बहुमतबाट कम्युनिस्टहरूमा अहँकार पलाएको बताए । ‘कम्युनिस्टहरूको अहँकार र घमण्ड तोड्ने कांग्रेस बनाउनुपर्छ’, उनले भने, ‘कांग्रेसलाई संगठनात्मक रुपमा बलियो बनाएपछि त्यो सम्भव छ ।’
कार्यक्रममा सांसद उमा वादी, नेता नारायण मिश्र, कैलाली कांग्रेसका जिल्ला सहसभापति वीरुप्रसाद चौधरी, पूर्वउपसभापति वीरबहादुर हमाल, जिल्ला सहसचिव चिरञ्जीवी, कोषाध्यक्ष सेबकराम चौधरी लगायतका नेताहरूको सहभागिता रहेको थियो ।
कार्यक्रम रामकृष्ण चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया