दाङमा कम्युनिस्ट सरकारविरुद्ध मंगलबार भव्य प्रदर्शन हुने

घोराही । नेपाली कांग्रेस दाङले असोज ७ गते दुईतिहाइको बलियो कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ ।

दोस्रो चरणको ‘हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान’को समापन कार्यक्रम अन्तर्गत नेपाली कांग्रेस दाङले कम्युनिस्ट सरकारविरुद्ध मंगलबार प्रदर्शन गर्न लागेको हो ।

दाङ कांग्रेसको पार्टी कार्यालयमा बिहान ११ बजे जम्मा भएर सरकारविरुद्ध प्रदर्शन गरिने सचिव शंकर डाँगीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्युनिस्ट सरकारविरुद्धको प्रदर्शनमा सहभागी हुन सचिव डाँगीले सबै नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई आग्रह गरेका छन् ।

भदौ २४ गतेदेखि शुरू भएको नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान असोज ७ गते मंगलबार सरकारविरुद्ध प्रदर्शन गरेर समापन हुँदै छ ।

Published : Monday, 2019 September 23, 8:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया