नवराज सिलवालद्वारा सभापति देउवाको मानमर्दन
काठमाडौं । पूर्वएमालेबाट ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधि सभाका सांसद नवराज सिलवालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मानमर्दन हुने गरेर ट्वीट गरेका छन् ।
नेपाली प्रहरीका पूर्वडिआइजी समेत रहेका सिलवालले देउवालाई राजनीति गर्न पाठ सिकाउन खोजेका छन् । त्यति मात्रै होइन सिलवालको ट्वीट तत्कालीन समयमा डिआइजी बन्न नपाएको अक्रोश देउवामाथि पोखेको देखिएको चर्चा सामाजिक सञ्जालमा छ ।
उनले भनेका छन्, ‘पुलिसमा राजनीति, अदालतमा राजनीति त पूर्वप्रधानमन्त्रीसमेत रहिसक्नुभएका माननीयजी स्वयंले गर्नुभएको हो ।’
‘सम्माननीय राष्ट्रपतिज्यूको अगाडि आवेश पोख्नुभन्दा हिजोका आफ्ना अकर्मण्ड्यताहरूबाट सार्वजनिक संस्थाहरूमा भएको राजनीतिकरणले पुगेको क्षतिकालागि सार्वजनिक क्षमायाचना गर्नुस्’, नेकपाका सांसद सिलवालले ट्वीटमा भनेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सभापति देउवाको भाषण नबुझेको भनेर सार्वजनिक स्थानमै मजाक उडाएको विषयलाई बचाउ गर्दै नेकपाका सांसद एवम् पूर्व डिआइजी सिलवलले देउवालाई गाली गर्दै भण्डारीको बचाउ गरेका हुन् ।
नेपाल प्रहरीको डिआइजी काण्डमा परेका सिलवाललाई खड्गप्रसाद ओलीले तत्कालीन एमालेमा प्रवेश गराएर टिकट दिएर सांसद बनाएका हुन् । त्यस बेला सिलवाल गृहमन्त्री बन्ने चर्चा थियो ।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले ‘अरिँगाल बनेर सरकारको बचाउ गर्नुस्, जाइलाग्नुस्’ भनेर दिएको निर्देशनलाई सिलवालले कार्यान्वयन गरेका छन् ।
प्रहरीमा राजनीतिक हस्तक्षेप गरेका तत्कालीन गृहमन्त्रीहरू बामदेव गौतम, खड्गप्रसाद ओली, जनार्दशन शर्मालगायतहरूका विषयमा केही भनेका छैनन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया