मञ्चमा बाेल्दै गर्दा ढलेका राजपाका केन्द्रीय उपाध्यक्षको निधन
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का केन्द्रीय उपाध्यक्ष राजवंशी चौधरीको मञ्चको रोष्टममा बोल्दा बोल्दै निधन भएको छ ।
राजपा ललितपुर जिल्लाको अधिवेशन शनिबार सिद्धार्थ कटेज ललितपुरमा चलिरहेका बेला रोष्टममा बोल्दै गरेका चौधरीलाई हार्टअट्याक भएपछि ढलेका थिए ।
चौधरीलाई तत्काल मेडिसिटी अस्पताल लगिएको थियो । अस्पतालले चौधरीलाई करीव तीन बजे मृत घोषणा गरेको राजपाका महासचिव केशव झाले जानकारी दिए ।
केन्द्रीय उपाध्यक्ष चौधरीको निधन भएपछि ललितपुर राजपाको अधिवेशन स्थगित भएको छ ।
कार्यक्रममा राजपाका नेता एवम् सांसद महेन्द्र राय यादव प्रमुख आतिथि रहेका थिए ।
चौधरीको पार्थिव शरीरलाई अस्पतालमै पुगेर राजपा नेपालका नेताहरूले श्रद्धाञ्जलि दिनुका साथै परिवारजनलाई सहानुभूति दिएका छन् ।
बारा जिल्ला निवासी चौधरीको शवलाई परिवारजनले आइतबार गृहजिल्लामा लगेर अन्तिम दाहासंस्कार गर्ने महासचिव झाले जानकारी दिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया