विप्लवका धुन्दुकारी छोराले बुबाको सिको गर्दै, आफ्नै गुरुहरूलाई दिए चेतावनी

भरतपुर । नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दले चितवन मेडिकल कलेजका पदाधिकारीहरूलाई पत्र पठाएर धम्काएका छन् ।

विद्यार्थीले शुल्क लगायतका बिभिन्न माग राखेर गरेको आन्दोलनलाई कलेज प्रशासनले सरकारसँग सम्बन्धित रहेको भन्दै वार्ताद्वारा समस्या समाधान गर्न तयार रहेको जनाएकै बेला प्रकाश चन्दले कलेजका पदाधिकारीहरूलाई पत्र लेखेर धम्की दिएका हुन् ।

प्रकाश चन्दले चिकित्सा शिक्षा संघर्ष समितिको नामबाट कलेजकी प्रिन्सिपल ममता तिवारी, ल्याब को–अर्डिनेटर डा. सञ्जय शाह, शैक्षिक को–अर्डिनेटर डा.गोपेन्द्र देब, प्रशासन प्रमुख प्रताप देबकोटा, नर्सिङकी भाईस प्रिन्सिपल डा.कल्पना शर्मा लगायतका पदाधिकारीलाई छुट्टाछुट्टै पत्र लेखेर सडकको धुलोमा झार्ने धम्की दिएका हुन् ।

प्रकाश चन्दले आन्दोलनलाई भड्काएर अराजक गतिबिधी बढाउन विद्यार्थीलाई फेल गराउँछु भनेर उल्लेखित पदाधिकारीले डर देखाउने गरेको भन्दै अपुस्ट कुरा राखेर ध्यानाकर्षण पत्र लेखेर धम्की दिएका हुन् ।

कलेजका पदाधिकारीहरूले भने उक्त कुरा झुटो र असत्य रहेको वक्तव्यमार्फत प्रष्ट पारिसकेका छन् ।

‘यो कलेज र पदाधिकारीलाई बद्नाम गराएर आफ्नो उद्देश्य पूरा गर्ने र आन्दोलनलाई भड्काएर सहानुभूति लिने चालाबाजी मात्र हो’, चितवन मेडिकल कलेजका एकजना पदाधिकारीले भने, ‘आफ्ना विद्यार्थीलाई फेल गराउने वा कुनै पनि प्रकारको गैरकानूनी काम गर्ने गुरुहरूले कल्पना समेत गर्न सक्दैनन् ।’

कलेजले भने शुल्क सम्बन्धी यो विवादमा सरकारले गठन गरेको संसदीय उपसमितिले बुझाएको प्रतिवेदन, शिक्षा मन्त्रालय र त्रिविबाट आउने नीति नियम र निर्देशनको पालना गर्न कलेज प्रशासन तयार रहेको बताइसकेको छ ।

चितवन मेडिकल कलेजविरुद्धको यो आन्दोलनको संयोजक कलेजकै विद्यार्थी प्रकाश चन्द हुन् ।

प्रकाश चन्द प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा हुन् ।

प्रकाश चन्दले कलेजका संचालकलाई धम्काएर १० लाख मात्र बुझाई एमबीबिएसको अध्ययन पूरा गरेको समेत उनीमाथि आरोप लाग्ने गरेको छ ।

प्रकाश चन्दको आन्दोलनलाई अमेरिक र पश्चिमाहरूको लगानीबाट सञ्चालित सेतोपाटी नामक अनलाइनले उचाल्दै आएको छ । त्यति मात्रै होइन मेडिकल सञ्चालकहरूविरुद्ध समाचार सम्प्रेषण गर्ने गरेको आरोप छ ।

Published : Friday, 2019 September 20, 10:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया