दुईतिहाइको कम्युनिस्ट सरकारलाई ‘ठेगान’ लगाउन गगनले दिए सूत्र
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारको अलोकतान्त्रिक र असंवैधानिक गतिविधिलाई रोक्नुपर्ने बताएका छन् ।
काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा थापाले नेपाली कांग्रेसले सडक र सदनलाई एकाकार बनाउनुपर्ने बताए । तानाशाही बन्दै गरेको दुईतिाइको कम्युनिस्ट सरकारलाई सहि ठाउँमा ल्याउन सदन र सडकबाट नेपाली कांग्रेसले घेर्नुपर्ने थापाले बताए ।
‘सदन र सडकलाई एकाएर गरेर अघि बढ्दा सरकार आफ्नो निर्णयबाट पछि हट्न बाध्य हुन्छ भन्ने सरकारले गुठी विधेयक फिर्ता लिएको घटनाबाट प्रष्ट हुन्छ’, उनले भनेका छन् ।
सदनमा सभामुखको भूमिका क्याप्टेनको रुपमा नभइ सरकारको पक्षमा गोलकिपरको भूमिकाको रुपमा देखिएको नेता थापाले उल्लेख गरे ।
सभामुखको यस्तो भूमिकाले सरकारलाई सजिलो भएको उनले बताए ।
उनले सभामुखले संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन गर्न सरकारलाई कडा निर्देशन दिनु पर्नेमा उल्टै सरकारलाई असहयोग नगर्न संसदीय समितिलाई निर्देशन दिएको बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीमसेनदास प्रधानले सदनमा सभामुखले निभाएको भूमिकाको आलोचना गरेका छन् ।
उनले भने, ‘सभामुखले सदनमा निष्पक्ष भूमिका नभइ सरकारको प्रवक्ताको रुपमा काम गरेको देखिएको छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया