तरुण दलका नेताहरूलाई खुँडा प्रहार गर्ने दुई जना पक्राउ
नेपालगञ्ज । नेपालगन्जमा तरुण दल दुई जना कार्यकर्तामाथि खुँडा प्रहार भएको छ ।
खुँडा प्रहारबाट दुई जना तरुण दलका कार्यकर्ता गम्भीर घाइते भएका छन् । खुँडा प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार राति साढे दश बजे नेपालगन्जको धम्बोझी चोकमा नेपाल तरुण दल नेपालगन्जका अध्यक्ष सन्दीपजंग शाहलाई खुकुरी प्रहार भएको थियो । ‘तिमीहरू नै होइन, हाम्रो वडाध्यक्ष सुमन मल्लबिरुद्द आन्दोलन गर्ने’ भन्दै आक्रमण भएको तरुण दल बाँकेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आक्रमणमा आफ्ना साथीलाई बचाउने क्रममा तरुण दलका अमर रोकाय र घमण्ड खड्कालाई विनोद खड्का र दीपक थापा लगायतका व्यक्तिहरूले खुकुरी प्रहार गरी घाइते बनाएको नेपाल तरुण दल बाँकेले विज्ञप्ति मार्फत जनाएको छ ।
नेपाल तरुण दलले प्रहरीले आक्रमण गर्ने गुण्डाहरूलाई पक्राउ नगरिए प्रतिकारमा उत्रिने चेतावनी दिएको छ ।
गम्भीर घाइते भएकाहरूमध्ये खड्कालाई बुधबार राति नै भारतको लखनउ लगिएको छ । अर्का गम्भीर घाइते रोकयको नेपालगन्ज मेडिकल कलेजमा आइसियुमा उपचार भइरहेको तरुण दल बाँकेले जानकारी दिएको छ ।
घटना तरुण दलले घोर बिरोध प्रकट गर्दै गम्भीर घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
यसैबीच, बाँके प्रहरीले खुँडा प्रहार गर्ने दुई जनालाई २४ घण्टा बित्न नपाउँदै पक्राउ गर्न सफल भएको छ ।
बुधबार नेपालगन्ज–१ मा दाङ्गका घण्मड खड्का र अमर रोकालाई धारिलो हतियार (खुडा) प्रहर गरी फरार भएका थिए ।
खुडा प्रहार गरेको अभियोगमा नेपालगन्ज–१२ कोरियनपुरका विनोद खड्का र दीपक थापालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले खजुरा गाउँपालिका–३ बाट खड्का र थापालाई नियन्त्रणमा लिएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया