नेविसंघबारे देउवाको गज्जबको खुलासा, धेरैकाे धड्कन बढ्याे
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबाहादुर देउवाले नेपाल विद्यार्थी संघले नयाँ नेतृत्व पाउने बताएका छन् ।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा सभापति देउवाले सहमतिको खोजी गर्दा नेविसंघमा नेतृत्व ल्याउन ढिला भएको बताए ।
उनले भने, ‘केही दिनभित्रै नेविसंघले नयाँ नेतृत्व पाउँछ ।’ सभापति देउवाले दोस्रो चरणको जागरण अभियान चलाउनुभन्दा अगाडि नेविसंघ गठन गर्ने संकेत दिएका छन् ।
‘पार्टीभित्र कुरा मिलाउन खोज्दा केही ढिलो भएको हो’, देउवाले भने, ‘अब कुरा मिलोस्–नमिलोस्, सहमति होस्–नहोस्, २–४ दिनभित्र नेविसंघमा नयाँ नेतृत्व आउँछ । बस म यति भन्छु ।’
नेपाली कांग्रेसका सभापति देउवाले केपी ओली सरकारले संविधानको मर्म र भावना विपरीतका कानून ल्याएर मुलुकलाई एकदलीय सर्वसत्तावादतर्फ लैजान खोज्दा अहिले परिणाम देखिएको बताएका छन् ।
‘नेपाली सेना, पुलिस, कर्मचारी र न्यायालयलाई आफूप्रति प्रतिबद्ध बनाएर नयाँ कम्युनिस्ट शासनको अभ्यास गर्न थालिएको छ’, उनले भने, ‘सरकार बदलिने कुरा ठूलो होइन ।’
‘कहिले कांग्रेस आउँछ, कहिले अर्को आउँछ तर यहाँ प्रणाली नै बदल्ने प्रयास भएको छ’, देउवाले भने, ‘जसले परिणाम सरकार प्रणाली बचाउन कांग्रेससँग गुहार माग्ने अवस्थामा पुगेको छ ।’
कार्यक्रममा कांग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महतले केही दिनअघि नेपाली कांग्रेस कहाँ छ भन्नेहरू आज गुहार माग्ने अवस्थामा पुगेको बताएका छन् ।
‘केही दिनअघि कहाँ छ कांग्रेस भन्ने केपी ओली अहिले आफ्नो असफलता ढाकछोप गर्न कांग्रेससँग हारगुहार मागिरहेको अवस्था छ’, डा.महतले भनेका छन् ।
नेपाली कांग्रेसका नेता एनपी साउँदले पनि सरकार पूर्णरुपमा असफल भएको बताए । उनले सरकार दुईतिहाईको दम्भ देखाएर संवैधानिक आयोगका प्रमुखलाई तर्साइरहेको बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया