तरुण दलका अध्यक्षको परिपत्रले देशभरि तरुणहरूमा उत्साह प्रवाह
काठमाडौं । नेपाल तरुण दलले भदौ २४ गतेदेखि नेपाली कांग्रेसले शुरु गर्न लागेको दोस्रो चरणको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियनलाई सफल बनाउन आ–आफ्नो तर्फबाट भूमिका खेल्न मातहतलाई निर्देशन दिएको छ ।
नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले शुक्रबार मातहतलाई परिपत्र गरेर यस्तो निर्देशन दिएका हुन् । उनले जिल्लामा तरुण दलले गर्ने सबै कार्यक्रमको लिखित जानकारी केन्द्रमा पठाउन निर्देशन दिएका छन् ।
‘नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको निर्णयानुसार १०६औँ वीपी जयन्ती एवम् नेपाली केन्द्रीय कार्यसमितिद्वारा शुरु गरिने दोस्रो चरणको हिमताल, पहाड तराई,–मधेस (हिमतम) जागरण अभियान कार्यक्रमलाई व्यापक र प्रभावकारी ढंगबाट तपशील बमोजिम सम्पन्न गर्न र गारउन यो परिपत्र गरिएको छ’, अध्यक्ष बस्नेतद्वारा जारी परिपत्रमा उल्लेख छ ।
‘नेपाली कांग्रेस पार्टीद्वारा जिल्लामा सबै तहमा मनाइने १०६औँ वीपी जयन्ती एवम् हिपतम कार्यक्रमको उद्घाटन समारोहलाई भव्य र व्यापक बनाउन त्यस जिल्लाका सम्पूर्ण तरुणहरूलाई परिचालन गर्ने र गारउने’, बस्नेतल भनेका छन् ।
‘नेपाली कांग्रेस पार्टीद्वारा प्रदेश सभा निर्वाचन क्षेत्र केन्द्रित हिपतम जागरण कार्यक्रम भदौ २४ देखि असोज ७ गतेसम्म चल्ने भएकाले उक्त अवधिभर त्यस जिल्ला समिति र मातहतका सम्पूर्ण समितिहरूलाई जागरण कार्यक्रम सफल पार्न क्रियाशील गराई व्यापक रुपमा तरुणहरू गर्नुहोला’, परिपत्रमा भनिएको छ ।
‘१०६औँ वीपी जयन्ती विभिन्न रचनात्मक एवम् सृजनात्मक खेलकुद, फलफूल वितरण, वृक्षरोपण, रक्तदान लगायतका कार्यक्रमहरू गरी जिल्लाका सबै तह वडा, गाउँ, नगर क्षेत्रीय समितिहरूमा भव्य रुपमा मनाउन होला’, अध्यक्ष बस्नेतको निर्देशनमा भनिएको छ ।
‘जिल्लाहरूमा उल्लेखित अवधिभर तरुण दलद्वारा गरिएका सम्पूर्ण गतिविधिहरूको जानकारी प्रतिवेदनको रुपमा दलको केन्द्रीय कार्यालयमा पठाउनु होला’, अध्यक्ष बस्नेतले कडा निर्देशन दिएका छन् ।
दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका हर्कतबाट दिक्क भएको तरुण दलले आफ्ना गतिविधिहरू सरकारविरुद्ध बनाउँदै आएको छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया