कांग्रेसका सबै भ्रातृ संगठनहरूको म्याद छ महिना थप
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भ्रातृ संगठनहरूको म्याद ६ महिना थप गर्ने निर्णय गरेको छ ।
मंगलबार राति साढे नौ बजे सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले अधिवेशन गर्न नसकेका भ्रातृ संगठनहरूको कार्यकाल छ महिना थप गर्ने निर्णय गरेको हो ।
यो अवधिमा वर्तमान कार्यसमिति अधिवेशन तयारी समितिका रुपमा रहनेछन् । ६ महिनाभित्र अधिवेशन गरिसक्नुपर्नेछ ।
भ्रातृ संगठनहरूको मापदण्ड बनाउन केन्द्रीय सदस्य एनपी साउदको नेतृत्वमा ७ सदस्यीय समिति बनेको छ ।
नेपाली कांग्रेसले प्रवास सम्पर्क समितिहरूको म्याद पनि ६ महिना नै थप गर्ने निर्णय गरेको छ ।
Published : Wednesday, 2019 September 4, 9:54 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया