विप्लव निकटका ठूला विद्यार्थी नेता चितवनमा पक्राउ

भरतपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको विद्यार्थी संगठनका जिल्लास्तरीय नेता चितवनमा पक्राउ परेका छन् ।

तीन–चार महिना अगाडि भरतपुर महानगरपालिकाको वडा कार्यालयमा बम विष्फोट गराएको आशंकमा चितवन प्रहरीले प्रवीणकुमार स्याङतानलाई पक्राउ गरेको हो ।

चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले सोधपुछका लागि स्याङतानलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनका चितवन जिल्ला सेक्रेटरी हुन् ।

विप्लवका छोरा प्रकाश चन्दसँगै रहेर उनले गतिविधि गर्दै आएका छन् । यसअघि पनि स्याङतान दुई पटक पक्राउ परिसकेका छन् ।

Published : Tuesday, 2019 September 3, 1:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया