अमेरिकाको ईलनोइसमा नेपाली विद्यार्थीलाई स्वागत

न्युयोर्क । संयुक्त राज्य अमेरिकाको ईलिनोइस् राज्य, कार्वोन्डेलस्थित साउर्थन ईलनोइस् युनिभर्सिटीमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरिएको छ ।

विभिन्न संकायमा स्नातक, स्नाकोत्तर र विद्यावारिधीमा अध्ययनरत नेपाली विद्यार्थीको साझा संगठन नेपाली विद्यार्थी समाजले यसै वर्ष युनिभर्सिटिमा भर्ना भएका नयाँ नेपाली विद्यार्थीलाई स्वागत कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रम नेपाली विद्यार्थी समाज (२०१८–२०१९)का अध्यक्ष सञ्जीव रेग्मीको नेतृत्वमा भएको थियो ।

यस विश्वविद्यालयको सेन्टर फर ईन्टरनेशनल एजुकेशनकाका डाइरेक्टर डा.एन्डु कार्भर र समुदाय र शैक्षिक कार्यक्रम संयोजक एवम् नेपाली विद्यार्थी समाजका एडभाईजर डा.इलेन कोन्राडको उपस्थिति रहेको थियो ।

कार्यक्रमले आगामी वर्ष (२०१९–२०२०)को नयाँ वोर्ड सदस्यको लागि निर्वाचन पनि यसै कार्यक्रम मार्फत गरेको छ ।

रसाएन शास्त्रमा विद्यावारिधी गरिरहेका कृष्ण पाण्डे आगामी वोर्डको अध्यक्षमा निर्वाचित भएका छन् ।

वोर्डको उपाध्यक्षमा प्रवीन पराजुली, सचिव कृष्ण शर्मा, कोषाध्यक्ष एलिजा तन्डुकार, सोसल चेयर बिदुर भुर्तेल र सदस्यहरू प्रशान्त बराल, ईकबाल रइन र राजु झा निर्वाचित भएका छन् ।

यसै वर्ष मात्र यस विश्वविद्यालयमा विभिन्न संकायमा गरी २२ जना नयाँ नेपाली विद्यार्थी स्नातक, स्नाकोत्तर र विद्यावारिधीको लागि भर्ना भएका छन् ।

नेपाली विद्यर्थी समाज कार्वोन्डेलले प्रत्येक वर्ष नयाँ नेपाली विद्यार्थीको स्वागत, तीज दशैँ तिहार होली लगायतका नेपाली संस्कृति झल्किने पर्वहरू मनाउनका लागि विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आएको छ ।

Published : Monday, 2019 September 2, 8:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया