लामिछाने दुई हप्तापछि काठमाडौं आए, पञ्चे बाजाले स्वागत
काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेलाई काठमाडौंको त्रिभुवन विमानस्थलको आन्तरिक उड्डयनतर्फ समर्थकहरूले भव्य रुपमा स्वागत गरेका छन् ।
झण्डै दुई हप्तापछि चितवनबाट काठमाडौं आएका लामिछानेलाई समर्थकहरूले पञ्चेबाजासहित स्वागत गरेका हुन् । भव्य स्वागत पाएपछि लामिछानेले आफूप्रति देखाइएको माया र सद्भावबाट झनै ऋणि भएको प्रतिक्रिया दिएका छन् ।
शालिकराम पुडासैनी प्रकरणमा ११ दिन चितवन प्रहरीको हिरासतमा बसेर धरौटीमा रिहा भएका लामिछानेले आगामी दिनमा अझै उत्साहका साथ सञ्चार क्षेत्रमै काम गर्ने बताए ।
पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले आफू कुनै पनि राजनीतिक दलमा प्रवेश नगर्ने बताएका छन् ।

‘मेराबारेमा राजनीतिक दलमा प्रवेश गर्दै छ भनेर समाचार आएको हेर्न पाएँ । ती हेडलाइनको पछाडि नलाग्नु होला । अहिले कुनै पनि राजनीतिक दलमा प्रवेश गर्ने योजना छैन’, उनले भने, ‘भविष्यको कुरा कसैलाई थाहा छैन । समाचारको हेडलाइन मात्रै होइनभित्र गएर पूरा समाचार पढ्नु होला ।’
सञ्चारकर्मी लामिछानेलाई समर्थकहरूले फूलमाला र अबिरले स्वागत गरेका थिए । उनीहरूले रवि लामिछानेको पक्षमा पनि नारावाजी गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया