अबको पाँच दिन यता भेटिनेछन् रवि लामिछानेकाे समूह
भरतपुर । जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनी प्रकरणमा सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई पाँच दिन थुनामा राख्न आदेश दिएको छ ।
चितवन प्रहरीले अनुसन्धानका लागि शुक्रबार जिल्ला अदालतमा उनीहरूलाई उपस्थित गरएाको थियो । अदालतमा पेस गरिएकामा लामिछानेका साथै न्युज २४ टेलिभिजनका युवराज कँडेल र नर्स अस्मिता कार्की रहेका छन् ।
चितवन प्रहरीलाई उनीहरूलाई थुनामा राखेर अनुसन्धान गर्न सजिलो हुनेछ ।
तीन जनालाई शालिकराम पुडासैनी प्रकरणमा दुरुत्साहनको अनुसन्धान सिलसिलामा प्रहरीले पक्राउ गरी चितवन लगेको थियो ।
चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने आदेश अदालतबाट भएको जानकारी दिएका छन् ।
मुलुकी फौजदारी संहिताले दुरुत्साहनलाई कर्तव्य ज्यान मुद्दाकै अंग मानेको छ । यो दुरुत्साहन अभियोग पुष्टि भए प्रहरीले कर्तव्य ज्यान मुद्दा नै अघि बढाउनेछ । दुरुत्साहनमा पाँच वर्ष जेल सजाय हुने व्यवस्था छ ।
पुडासैनीले चितवनको कंगारु होटलमा साउन २० गते ज्यान दिएका थिए । पुडासैनीले भिडियोमा लामिछानेले ज्यान दिनका लागि बाध्य पारेको बताएका थिए ।
पुडासैनीले केही समय लामिछानेले न्युज २४ मा सञ्चालन गरिरहेको कार्यक्रम सिधा कुरा जनतासँगमा काम गरेका थिए । त्यसपछि उनी माउन्टेन टिभीमा आबद्ध भएका थिए ।
माउन्टेन टिभीमा काम थालेपछि लामिछाने र कँडेलले मानसिक रुपमा यातना दिइरहेकाले आफूले ज्यान दिनु परेको पुडासैनीले भिडियोमा बताएका थिए ।
लामिछाने, कँडेल र कार्कीलाई अन्य व्यक्तिहरूलाई राखिएकै ठाउँमा राखिनेछ । उनीहरूलाई भेट्न जिल्ला प्रहरी कार्यालय चितवनको हिरासत कक्षमा जानुपर्नेछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया