ओलीको स्वास्थ्यलाई लिएर बिहीबार मध्यराति रिमालको स्टेटमेन्ट
काठमाडौं । दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जनाएका छन् ।
ओलीको स्वास्थ्यलाई लिएर बिहीबार विभिन्न समाचार र हल्ला बाहिरिएपछि प्रमुख राजनीतिक सल्लाहकार रिमालले ट्वीट गर्दै शुक्रबारदेखि ओली नियमित काममा फर्किने बताएका हुन् ।
‘सिंगापुरमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किए लगत्तै पार्टी र सरकारको बाक्लो कामको धपेडीले सम्माननीय प्रधानमन्त्री केही थकित हुनुभयो र आज (बिहीबार) को सचिवालय बैठक भोलि (शुक्रबार) बस्ने गरी स्थगित भयो’, उनले भनेका छन् ।
‘यसै आधारमा उहाँको स्वास्थ्य अवस्थाबारे अड्कलवाजीसहित केही मिडियामा संप्रेषित अफवाहहरू निराधार छन्’, रिमालले भनेका छन् ।
‘प्रधानमन्त्रीको स्वास्थ्य ठीक छ । उहाँ भोलि (शुक्रबार) बिहानबाटै नियमित भेटघाट र बैठकहरूमा संलग्न रहनुहुनेछ’, उनले भनेका छन्, ‘उहाँको स्वास्थ्य अवस्थाप्रति निश्चिन्त रहन आग्रह गर्दै चासो राख्नु हुने सबै शुभचिन्तकहरूमा धन्यवाद छ ।’
दश दिन लामो सिंगापुर उपचारपछि स्वदेश फर्किएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्न मानेका थिएनन् । उनले नेपाली सेनाले दिन सलामी पनि लिएका थिएनन् ।
बिहीबार बस्ने भनिएको आफ्नै पार्टीको केन्द्रीय सचिवालयको बैठक समेत ओलीले सारेका थिए । ओलीलाई ज्वरो आएको समाचार बाहिरिएपछि अनेक अड्कलवाजी भइरहेका बेला ओलीकै प्रमुख राजनीतिक सल्लाहकार रिमालले मध्यराति ट्वीट गरेर हल्लाहरूको खड्न गरेका हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया