कांग्रेस निकट फियनमा जेम्स र टीकाले पाए निर्विरोध जिम्मेवारी
काठमाडौं । नेपाली कांग्रेस निकटको नेपाल वित्तीय संस्था कर्मचारी संघ फियनको दोस्रो राष्ट्रिय युवा र महिला सम्मेलनबाट युवा समिति अध्यक्षमा जेम्स जोशी र महिला समिति अध्यक्षमा टीकाकला शर्मा निर्विरोध निर्वाचित भएका छन् ।
सम्मेलनको उदघाटन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले केही मान्छेहरू आधिकारिक ट्रेड युनियनलाई खारेज गर्न लागी परे पनि यो सम्भव नहुने बताए ।
ट्रेड युनियन अधिकार संविधान मै व्यवस्था भएको विषय भएकोले कसैको इच्छा हुँदैमा खारेज र बन्देज लगाउन नसकिने स्पष्ट पारेका छन् ।
प्रतिनिधि सभाका सांसद समेत रहेका थापाले भने वर्तमान सरकारले जताततै नियन्त्रण गर्ने उदेश्यकासाथ शिक्षा, गुठी र मिडिया विधेयक ल्याएको तर सफल हुन नसकेको बताए ।
दुई तिहाईको दम्भमा जथाभावी गर्न खोज्दा मुलुक दुर्घटनाको नजिक पुगेको छ ।
सरकारको गलत कामको विरोध गर्दै वर्तमान युवाहरूको ईच्छा र चाहना बमोजिमको नीति कार्यक्रम ल्याउन सके मात्र कांग्रेसले अर्को चुनाव जित्ने थापाले बताए ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् राष्ट्रय सभाकी सचेतक सरिता प्रसाइँले सरकारले हरेक निकाय र संरचनालाई आफ्नो नियन्त्रणमा राखी निरंकुशता लाद्न खोजेको आरोप लगाइन् ।
ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुँवरले युवा र महिलाहरू लोकतन्त्रको पिलर जस्तै भएकोले वर्तमान सरकारले ट्रेड युनियन खारेज गरी आफू अनुकूलको ऐल्लो ट्रेड युनियन बनाउने भित्री मनसाय देखिएकाले युवा शक्ति जाग्ने बेला आएको बताए ।
फियनका केन्द्रीय अध्यक्ष पदमराज रेग्मीले परिवर्तनका संवाहक युवा र महिलाहरूलाई ट्रेड युनियन आन्दोलनमा सार्थक प्रतिनिधित्व र नीति निर्माण तहमा सहभागी गराउन संरचना निर्माण गरेको बताएका छन् ।
सम्मेलनलाई फियनका वरिष्ठ उपाध्यक्ष धर्म खनाल, टीकाकला शर्मा, बन्दना शर्मा, फियन कृषि विकास बैंकका अध्यक्ष सुजित विक्रम शाह लगायतले सम्बोधन गरेका थिए ।
सम्मेलनमा ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य बलदेव तामाङ, महिला समिति अध्यक्ष सुधा दाहाल, फियन महासचिव हरिराज खरेल, निवर्तमान महासचिव लक्षमण अधिकारी, उपमहासचिव कमलकुमार खत्री, पर्शुराम खनाल, युनि नेपाल युवा समिति अध्यक्ष वरुण खड्का, फियनका पदाधिकारीहरू लगायतको उपस्थित थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया